नबिल इन्भेष्टेमेन्ट बैकिंगकाे “आजिवन डिम्याट खाता” दशैं अफर |
काठमाडौं । नबिल इन्भेष्टेमेन्ट बैकिंग लिमिटेडले आजिवन डिम्याट खाता दशैँ अफर ल्याएको छ । आजिवन डिम्याट खाता अन्तर्गत नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत दुई हजार १०० रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झन्झटबाट मुक्त हुन सक्ने भएका हुन्।
नवरात्रीको ९ दिन अर्थात् असाेज २१ देखि असाेज २९ गतेका दिनसम्म यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले ९०० रूपैयाँ छुट सहित जम्मा दुई हजार १०० रुपैयाँमा आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाइनेछ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । यसअघि याे याेजनामा तीन हजार रूपैयाँमा डिम्याट खाता खाेली आजिवन नविकरण गर्न सकिन्थ्याे ।
यसका साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ भने नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।
यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भै फाईदा लिइने कम्पनीकाे विश्वास छ ।