सबैको लघुवित्तद्वारा आकर्षक बोनस घोषणा |
काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुका लागि ३१.०५ प्रतिशत बोनश दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको ९४ औं बैठकले गत आर्थिक वर्षको आम्दानीबाट उक्त बोनश दिने निर्णय गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनानफाबाट शेयर धनीहरुलाई चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १.६३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय भएको छ,’ संस्थाले नेप्सेलाई जानकारी गराएको पत्रमा भनिएको छ ।
प्रस्तावित बोनस तथा लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरे लघुवित्तको चुक्ता पुँजी २७ करोड पुग्ने छ । हाल लघुवित्तको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ । राष्ट्र बैंकको स्कीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि बोनश शेयरधनीले पाउनेछन् ।