पाकिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु |

काठमाडौं । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। पाकिस्तानको बलोचिस्तानको राज्यको क्वेटाभन्दा १७० किलोमिटर पूर्वमा केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरस्केलको भूकम्प गएको बताइएको छ। बिहीबार बिहान करिब ३ बजे ५.७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्वविद्ले जनाएका छ।
भूकम्प परी कम्तिमा २० जनाको मृत्यु भएको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन्। मृतकमध्ये एक महिला र ६ जना बालबालिका रहेको एएफपीले जनाएको छ।