रिडी हाइड्रोपावरले बोलायो साधारण सभा |
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले कात्तिक १२ गते, शुक्रबार बिसौँ वार्षिक साधारण सभा डाकेको छ ।
सो सभा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीबाट जुमको सहायताबाट बिहान ११ बजेदेखि सञ्चालन हुनेछ ।
सभाले रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने÷गाभिने बारे विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, हाल कायम चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरढा गर्ने, कम्पनीको उद्देश्य थप गर्ने गरी प्रबन्धपत्रको उद्देश्यसँग सम्बन्धित दफा संशोधन अथवा थप गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा पनि सहभागिता जनाउन सक्नेछन् ।