आशा लघुवित्तले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २५ प्रतिशत बोनस शेयर रहेको छ भने १.३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण गरिनेछ ।
असोज १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।