टाटा मोटर्सको दसैँ अफर अन्तर्गत कोको बने ४ भाग्यशाली विजेता ? |

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘यसपाली जाँदैन हात खाली’ भन्ने दसैँ योजनामा लक्की ड्रमार्फत ४ जनाको नाम घोषणा गरेको छ ।
हरेक हप्ता बुकिङ गर्ने ग्राहकहरू मध्ये एकजना ग्राहकलाई लक्की ड्रमार्फत ४० इन्चको स्मार्ट टीभी प्रदान गर्ने भनेकोमा हालसम्म ४ जना भाग्यशाली विजेता घोषणा भइसकेको कम्पनीले जनाएको छ ।
टाटाका गाडी बुकिङ गरेर विजेता बन्नेमा दिलबहादुर थापा (ट्रक–टिपर), चौधरी ट्रेडर्स (पिकअप), आर के स्टील फर्निचर उद्योग (कार्गो) र श्री कृष्ण दूध सङ्कलन तथा विक्री फर्म (सानो ट्रक–टिपर) रहेका छन् ।
अफर सार्वजनिक गरेको पहिलो हप्तामा १९७ वटा बुकिङ, दोश्रो हप्ता ३६९ बुकिङ, तेश्रो हप्ता २२२ बुकिङ र चौथो हप्तामा ५६० बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ ।