आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि |
काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । असोज १७ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा नै ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको भाउ पनि निरन्तर बढेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले बढोत्तरी भएको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार पनि चाँदीको भाउ बढेर प्रतितोला एक हजार १४० रुपैयाँ तोकिएको थियो ।