आरएसडिसी लघुवित्तको लाभांस घोषणा |

काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभाँश घोषणा गरेको छ ।
लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।