गरिमा विकास बैंकका ग्राहकलाई कपाल प्रत्यारोपणमा ४०% सम्मको छुट |

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एन्ड रिर्सच सेन्टर’सँग छुट सम्बन्धी सम्झौता गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्ती अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एन्ड रिर्सच सेन्टर’को सेवा सुविधामा विशेष छुट पाउन सक्नेछन् ।
ग्राहकले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्मको छुट पाउनेछन् भने स्किन एन्ड लेजर ट्रिटमेन्टमा ३०%सम्मको छुट पाउनेछन् । यसैगरी, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०% र ल्याब इन्भेस्टिगेसनमा १५% छुट पाउने बैंकले जनाएको छ ।