जोन डीयरको अत्याधुनिक प्रविधियुक्त ५०एचपी एमएफडब्लुडी ट्रयाक्टर नेपाली बजारमा |

काठमाडौं । अमेरिकाको डीयर एन्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इन्डीयाले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको छ ।
जेडीआईपीएलको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको हो ।
ट्रयाक्टर सार्वजनिक गर्दै जेडीआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक ‘सत्यन शाह’ले किसान उपभोक्ता तथा नेपालको लागि विवेक अटोमोबाइल्ससँगको यात्राले यो सफल भएको बताए ।