जर्मनीमा आज आम निर्वाचन हुँदै |

काठमाडौं । जर्मनीमा आज आम निर्वाचन हुँदै छ । जर्मन चान्सलर एङ्गेला मर्केलको १६ वर्ष लामो सत्ता सन्चालनपछि नयाँ चान्सलर चयनका लागि हुन लागेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
निर्वाचनमा एङ्गेला मर्केलको समर्थन पाएका अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच मुख्य प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
जर्मनीका ६ करोड मतदाताले जर्मनीको तल्लो सदनमा ५९८ जना सदस्य चयन गर्नेछन् । तिनै सांसदहरुले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ ।
निर्वाचनको परिणाम आज नै आउने छ । जर्मनीमा १६ वर्ष सत्ता सन्चालन गरेकी मर्केल विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा १० वर्षसम्म परेकी थिइन् ।