९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु |

काठमाडौं । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १३७१ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ, जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् भने त्यस्तै १३६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।