रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोनको सूचीमा |
काठमाडौं । रियलमी काउन्टर पोइन्टको अनुसन्धान अनुसार विश्वबजारको वरियता क्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ ।
यो सूचीभित्र पर्नको लागि रियलमीले क्यू २ २०२१ मा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएर १३५.१% को वाईओवाई बृद्धि गरेको थियो । यो उपलब्धि रियलमीले मात्र ३ वर्षमा हासिल गरेको हो । जबकि पहिलो स्थानमा रहेको सामसङको ६.३% वृद्धि रहेको छ ।
विश्वको ६१ भन्दा धेरै बजारहरुमा पुगेको रियलमी, यी मध्ये १८ वटा बजारमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ ।