दशैं, तिहार तथा छठ पर्वको उत्सवमा ग्रेटवाल मोटरका गाडी खरिदमा पाइन्छ ६ लाखसम्मको छुट |

काठमाडौं । नेपालको लागि ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भीजी इम्पेक्सले यसपालिको दसैँ, तिहार तथा छटको उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ ।
भीजी इम्पेक्सले ग्रेटवालका गाडीको खरिदमा ६ लाखसम्मको अफर दिएको छ । यो अफर जीडब्लुएमको दुई एसयूभी (थर्ड जेन हाभल एचसिक्स र हाभल जलिअनका साथै पिकअप मा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
भीजीले सार्वजनिक गरेको ‘चाडपर्वको उमंग हाभल र पइर चढी दंग’ योजनामा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एक्सेसरिज, सहज फाइनान्सको सुविधा र १ वर्षको विस्तृत बिमा लगायतको सुविधा रहेको कम्पनीले जनाएको छ ।