रविना देशराजलाई प्रबल जनसेवाश्री |

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गरेको छ । संविधान दिवस २०७८ को अवसरमा उनलाई विभूषण दिन लागिएको हो ।
डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एशिया स्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फिनिक्स अवार्ड’ लगायत ४ वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ्ग र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छिन् ।
श्रेष्ठ करिब ३ दशकदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा सेवारत छिन् । भारतको कोलकत्तास्थित मदन टेरेसा होम फर द ओल्ड एन्ड चिल्ड्रेनबाट आफ्नो करिअर शुरू गरेकी श्रेष्ठ स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक हुँदै हाल मेगा बैंकमा कार्यरत छिन् ।