एसिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा पोखरेल |

काठमाडौं । एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिजको नेपाल चेप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेल चयन भएका छन ।
चेम्बरको सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईण्डस्ट्रिजले जनाएको छ । एसिया र अफ्रिकाका देशहरुको व्यवसायीहरु तथा व्यवसायीक एशोसिएसनहरु सदस्य रहेका सो चेम्बरको पहिलो पटक नेपाल चेप्टर सुरु भएको हो ।
आफु नेपाल चेप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरु र अफ्रिकाका मुलुकहरुमा व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने अध्यक्ष डा शम्भु पोखरेलले बताएका छन । वल्र्ड ट्रेड ग्रुप अन्तर्गत नेपालमा बिजनेश टेलिभिजन, सिईओ क्लब, ब्ल्याकहोल आईटि सोलुसन, काठमाण्डौ स्कुल अफ बैंकिङ एण्ड इन्युरेन्स लगाएतका दर्जन बढि संस्थाहरु सञ्चालनमा रहेका छन ।