मञ्जुश्री फाईनान्सका ३ नयाँ शाखा संचालनमा, नेपालभर शाखासँख्या १८ पुग्यो |

काठमाडौं । मञ्जुश्री फाईनान्सले आफ्ना ३ नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको हो । मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ रहनेछ ।
२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको उक्त फाईनान्सले ८.९१ अर्व निक्षेप संकलन गरि ७.९५ अर्व रुपैयाँ कर्जा परिचालन गरेको छ ।