‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड |

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रवर्धन गरेको मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड भएको छ ।
प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्धक मेगा बैंकको लागि सुरक्षित राखी बाँकी न्यूनतम साढे ८ करोड इकाइ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
१ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाइ खरिदका लागि आवेदन परेको र जुन माग गरिएको आवेदन रकमभन्दा २.३७ गुणा बढी आवेदन भएको कम्पनीको भनाइ छ ।