अग्नि आस्थाले शुरु गर्यो महिन्द्राको प्रमाणिकरणयुक्त सवारीसाधनको आधिकारीक बिक्री वितरण |
काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरूको बिक्री वितरण शुरु गरेको छ ।
आस्थाले बिक्री पछिको सेवा र स्पेयर पार्ट्स सेटअप सहितको पहिलो आधिकारिक शोरूमको मुलुकका फरक ४ स्थान (काठमाडौं, इटहरी, भरतपुर र भैरहवा)मा संचालनमा ल्याएको हो । साथै कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना पनि अघि सारेको छ ।
नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणा सहित प्रमाणिकरणयुक्त प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलो पटक हो । अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित देखिएको छ ।