लगानीकर्ताले मागे गभर्नरको राजीनामा, पूँजी बजारलाई नियोजित रुपमा घटाएको आरोप |
काठमाडौं । पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ।
समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिमा हट्नु पर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनु पर्ने, प्रोभिजनिङ्ककाे व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।