विद्यार्थीहरुलाई शैक्षिक कर्जा प्रवाह गर्न प्रभु बैंकले गर्यो गेट कलेजसँग सम्झौता |

काठमाडौं । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) बीच विद्यार्थीहरुलाई शैक्षिक कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम राजलकाईले कलेजमा आयोजित एक कार्यक्रममा बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतामा होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम ५ लाख सम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ ।
शैक्षिक कर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेन्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।