रणवीर र आलिया अभिनित ‘बैजू बावरा’को सुटिङ सुरु हुँदै |
सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘बैजू बावरा’को चर्चा पछिल्लो समय व्यापक छ। रणवीर सिंह र आलिया भट्टको अभिनय हुने फिल्म बलिउडमा यस वर्ष प्रतिक्षित फिल्म हो। उक्त फिल्मको सुटिङ आउँदो अक्टोबरबाट सुरु हुने भएको छ।
फिल्म गोरेगावमा निर्माण गरिएको सेटमा सुटिङ हुने बताइएको छ। रणवीर र आलिया अहिले करण जोहरको निर्देशनमा बनिरहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को सुटिङमा व्यस्त छन्। उक्त फिल्मको छायांकन सकिएपछि भन्सालीको फिल्मको सुटिङ सुरु हुनेछ।
भन्सालीको नयाँ फिल्मको कथा र विषयवस्तुलाई लिएर अहिलेसम्म आधिकारिक घोषणा भएको छैन्। तर, फिल्ममा अभिनयका लागि रणवीर र आलिया फिक्स भएका छन्। फिल्म प्रेमसँगै सामाजिक विषयवस्तुमा आधारित रहेको कथामा बन्ने बताइएको छ।