बरुणको विद्युत बिक्री आम्दानी घट्यो |
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ४१ लाख ८४ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६४ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ५० लाख रुपैयाँबाट घटेर ५ करोड ९७ लाख रुपैयाँमा झरेको छ। प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले कम्पनीको आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
२६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५० लाख २४ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ०.८३ रुपैयाँ रहेको छ। यस अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ७६४.९३ गुणा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा रहेको छ।