सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा |
काठमाडौं । सानिमा क्यापिटलको सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको लाभांश घोषणा भएको छ ।
सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका इकाइधनीहरुलाई कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यसैगरी, बैठकले सानिमा लार्ज क्याप फण्डका इकाइधनीलाई करसहित ४ प्रतिशतका दरले हुन आउने चार करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।