वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा जाने सम्झौता, दोस्रो बजारमा कारोबार रोक्का |
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्।
दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको हो।
वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।
मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै बुधबारदेखि दुबै लघुवित्तको शेयर कारोबार रोक्का भएको छ।