भर्चुअल माध्यमबाट पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र १६ गतेदेखि आयोजना गरिदैं |
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले यही भाद्र १६ गतेदेखि २१ गतेसम्म ५ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको छ । विश्वभर महामारीको रुपमा फैलिइरहको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै यो मेला भर्चुअल माध्यमबाट हुने भएको छ ।
यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी देखि लिएर महिला निर्यातकर्ताका साथै विदेशका उद्यमी महिलाहरुको पनि सहभागिता रहने छ ।
अनलाइन प्लाटर्फममा स्थानहरु उपलब्ध गराँउदै तथा विगतलाई निरन्तरता दिदैँ स्थानिय तथा सामुहिक प्रयासमा यस वर्ष ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पाँचौ अन्र्तराष्टिय व्यापार मेलाको आयोजना गर्न लागिएको हो ।
सन् २०२० मा कोभिड १९ को महामारी तीव्ररुपमा फैलिएका कारण भौतिक रुपमा सम्पूर्ण बजारहरु वन्द रहनाले महिला उद्यमीहरुलाइृ बजारीकरणमा थप चुनौतिहरु थपिएको महासंघकी अध्यक्ष रीता सिम्हाले बताइन् । कोरोना महामारीको सुरुवात देखि उपभोक्ताको सामाग्री खरिद गर्ने आचरणमा परिवर्तन आइरहेको बताउदैं अध्यक्ष सिम्हाले भनिन्, ‘विक्रेताहरुले छिट्टै समयानुकुल रणनिति परिर्वतन गरि भौतिक बजारको सट्टा डिजिटल बजारलाई स्थान दिदै आफ्नो घाटालाई न्युनिकरण गरिरहेका छन् ।’
मुख्यतː प्राविधिक तथा डिजिटल प्रविधिहरुको जानकारी तथा ज्ञानको अभावमा डिजिटल बजार रुपान्तरण गर्न सकिएको छैन । त्यसकारण यी समस्याहरुविच महामारीले भर्चुअल बजार र अनलाइन बजारीकरणको सुरुवात गरेसगैँ यस बर्ष महासघंले अनलाइन भर्चुअल व्यापार मेला आयोजना गर्दैछ ।
विगत ४ वर्ष देखि महिला उद्यमी महासंघ नेपालले सफलतापुर्वक अन्तर्राष्ट्रिय महिला ब्यापार मेला काठमाण्डौमा संचालन गर्दै आईरहेको थियो । अनपेक्षित कोभिड १९ को महामारीको कारणले सन् २०२०मा विगत बर्षहरुमा झै भौतिक उपस्थितिमा व्यापार मेलाको सम्पन्न हुन सकेन । भर्चुअल वेविनार तथा प्रदर्शनीहरुको सञ्चालन गर्ने प्रवृति सुरु भएको र महिला उद्यमीहरुले बजारीकरणमा धेरै चुनौतिहरुको सामना गरिरहेको बर्तमान परिप्रेक्षमा महांसघले अनलाइन भर्चुअल व्यापार मेलाको आयोजना गर्नै भएको छ ।
महिला उद्यमी महाँसघ नेपालले भर्चुअल माध्यमबाट आयोजना गर्न लागको यस प्रर्दशनी मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादर देउवाबाट भाद्र १६ गतेका दिन दिउँसोको ठिक ३ː०० बजे भर्चुअल माध्यमबाट हुन गईरहेको छ । नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रर्वधन गर्ने गरि निम्न उद्देश्य सहित आयोजना गरिदैँछː
➢ महिला उद्यमीहरुलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र विक्रिका लागि एक साझा स्थल श्रृजना गर्ने
➢ अनलाइन बजारीकरणको लागि महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने
➢ सरोकारवाला तथा महिला उद्यमीहरु विच सम्वन्धको स्थापना र सञ्जालिकरण निमार्णका लागि प्रोत्साहन गर्ने
➢ नयाँ उत्पादन, सेवा तथा प्रविधिहरुलाई लागत प्रभावकारी प्लेटफर्म तर्फ प्रोत्साहन गर्ने,
➢ उत्पादन र क्रेताहरुको एक विस्तृत दायरामा ल्याई एउटै प्लेटर्फमबाट लाभ लिन
➢ ब्यवसायी देखि ब्यवसायी र ब्यवसायी देखि उपभोक्ता सम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ठ अनलाइन अवसरहरुको खोजी गर्ने ।
➢ वुमेन इन बिजनेस (WinBiz) ई पोर्टल को माध्यमबाट भर्चुअल एक्सपोमा प्रदर्शित महिला उद्यमीहरु उत्पादनहरुको बाजारीकरणलाई निरन्तरता दिने ।
मेलाको आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, एफसीए, द एसिया फाउन्डेशन, अन्तराष्ट्रिय श्रम संगठन आदि संस्थाहरुले सहयोग गरेका छन् । यस मेला डल्फा सोलूसनस्को प्राविधिक सहयोग मार्फत गरिदैँछ । मेलाका विशेष आकर्षणका रुपमा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु हुनेछन् ।
मेलामा जम्मा ७९ स्टलहरु रहनेछन र ती मध्ये ५७ महिला उद्यमीहरुका स्टल र २२ जिल्ला महिला उद्यमी संघहरुलाई प्रतिनिधित्व गर्ने स्टल रहनेछन । सधै झै दुईवटा स्टलहरु अग्नि पीडि़त र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीहरुलाई सीप प्रदान गर्ने संस्थालाई प्रयोजन गरिएको छ ।
व्यापार मेलाले सामान्य रुपमा प्रभावशाली राष्टिय तथा अन्र्तराष्टिय महिला उद्यमीहरुलाई उत्पादन विक्रिका लागि र्पयाप्त अवसरहरु प्रदान गर्न, सञ्जाल निर्माण गर्न तथा शिप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादनलाई बढवा दिन एक प्लाटफर्मको रुपमा काम गर्नेछ ।
यस मेला समुद्घाटन पश्चात लाइभ जानेछ ।
भर्चुअल मेलाको समुद्घाटन समारोहको प्रत्यक्छ प्रसारण यस लिंकबाट हेर्न सक्नुहुन्छ
https://www.facebook.com/WinBiz.com.np
भर्चुअल मेलाको अवलोकन यस लिंकमा क्लीक गरि हेर्न सक्नुहुन्छस्
http://expo.winbiz.com.np
साथै यो मेलामा नेसनल लाइफ इन्सुरेन्स, एनलजी इन्सुरेन्स, ज्योति बिकास बैंक, सानीमा बैंक, ग्लोबल आईएमई बैंक, सिटिजेन्स बैंक, NCTTM कलेज, श्रीनगर एग्रो, पशुपती खाद्य तेल उद्योग, व्यञ्जन, नेपालका लागि बङ्लादेश राजदुतावास लगायतको समेत सहयोग रहेको छ ।