एनआईसी एशिया सेलेक्ट–३० को इकाई आइतवार नेप्सेमा सूचीकृत |
काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई भदौ १३ गते आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । योजनाले प्रतिइकाई रू. १० अंकित दरको १२ करोड ५० लाख इकाई सोमवारदेखि कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो ।
एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले असार १० गतेदेखि १४ गतेसम्म सर्वसाधारणमा इकाई विक्री खुला गरी असार २० गते बाँडफाँट गरेको थियो । यो योजना सञ्चालनका लागि क्यापिटलले बैशाख ३१ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षे अवधिको रहेको छ । यो इकाई विक्री प्रबन्धकको जिम्मेवारी पनि एनआईसी एशिया क्यापिटल लिमिटेडले पुरा गरेको छ ।