शेयर बजारमा उच्च अंकको गिरावट, १५ अर्ब ६५ करोडको कारोबार | दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४९.१८ अंकले घटेर तीन हजार ४४ दशमलब ८७ विन्दुमा थामिएको छ । त्यस्तै, आज १५ अर्ब ६५ करोड १२ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूलय आज १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ९३ करोड एक अर्ब भन्दा बढीको कारोबार भएका छन् ।