अरुण काबेलीको लाभांश आजसम्म सुरक्षित गर्नु पर्ने |
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ १५ गतेदेखि बुकक्लोज गर्दैछ। भदौ १४ गते सार्वजनिक बिदा भएका कारण कम्पनीको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी बन्नु पर्नेछ ।
कम्पनीले १७ प्रतिशत बो शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभाश वितरण गर्नेछ। सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ २६ गते साधारण सभा बोलाएको छ । सभाले बोनस शेयर वितरणपश्चात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसका साथै सभाले ७ जना सञ्चालकको संख्या घटाएर ५ जनामा झार्ने प्रस्ताव पनि पारित गर्नेछ ।