राजस्व सचिव बने कृष्णहरि पुष्कर |

काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
उद्योग मन्त्रालयमा लामो समय काम गरेका पुष्करले यसअघि वैदेशिक रोजगार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका छन् ।
राजस्व सचिव पद भदौयता रिक्त थियो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई अर्थमा सरुवा गरेको हो ।