एनसेल र भायानेटको सहकार्यमा बिहीवार विशेष अफर घोषणा हुँदै |
काठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक भायानेट र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवाप्रदायक एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ ।
आउँदो बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् ।
यसरी कुनै इन्टरनेट सेवाप्रदायक र टेलिफोन कम्पनीको सहकार्यमा ग्राहकका लागि अफर ल्याउने तयारी सम्भवतः यो नै पहिलोपटक हुन लागेको हो ।
ग्राहकहरू एकअर्काको सम्पर्कमा रहिरहुन् भन्ने उद्देश्यका साथ विशेष अफर ल्याउन लागिएको बताइएको छ । अफर अन्तर्गत कुन कुन योजना सार्वजनिक हुनेछ भन्ने विषय भने खुलाइएको छैन ।
ग्राहकका लागि निःशुल्क सेवासहितका आकर्षक सुविधाकाे घाेषणा हुनेछ । यसअन्तर्गत सुपर स्पिड इन्टरनेट, उत्कृष्ट मनोरञ्जन र एनसेलको फष्ट क्लास सेवा र सुविधा एकैसाथ उपलब्ध गराउने तयारी भएको छ ।