१२ करोड भन्दा बढीको शेयर धितो कर्जा १ वर्षमा सीमाभित्र ल्याउन निर्देशन |
काठमाडौं । मार्जिन प्रकृतिको शेयर धितो कर्जा लिने ऋणीले आगामी एक वर्ष भित्र राष्ट्र बैंकले तोकेको सिमा भित्र ल्याउनुपर्ने भएको छ ।
राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै एक संस्थाबाट ४ करोडभन्दा बढीर वित्तिय प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिएको छ भने एक वर्ष भित्र राष्ट्र बैंकले तोकेको सीमा भित्र ल्याउनुपर्ने छ ।
राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरिएको छ । निर्देशन जारी हुनु पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगि कर्जाको भुक्तानी अवधिसम्म वा एक वर्षभित्र तोकिएको सीमामा ल्याउनुपर्ने उल्लेख छ ।