सर्वोच्चले दिएन कुलमानको विरुद्ध अन्तरिम आदेश |
काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले नियुक्तिसम्बन्धी फाइल झिकाएको छ ।
आफू उक्त पदमा रहँदा रहँदै घिसिङलाई गरिएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट हालेका थिए ।