कालिका लघुवित्तको प्रवन्ध सञ्चालकमा प्रधान नियुक्त |

काठमाडौं । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । ३ दशक बैङ्किङ क्षेत्रको अनुभव सँगालेका प्रधान राष्ट्रिय बाणिज्य बैंकको प्रबन्धक पदबाट सेवा निवृत्त हुन् । हालै सम्पन्न कालिका लघुवित्तको सञ्चालक समितिको बैठकले प्रधानलाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो ।
संस्थाको हालको निक्षेप १ अरब १६ करोड, कर्जातर्फ ३ अरब र गत आर्थिक वर्षको नाफा ५ करोड ५२ लाख रहेकोमा यस आर्थिक वर्षमा बृद्धि निक्षेप १ अर्ब ६९ करोड, कर्जातर्फ ४ अरब २७ करोड र खुद नाफा ९ करोड ५३ लाख पुर्याउने लक्ष रहेको प्रधानले बताए ।
यसअघि कालिका लघुवित्तमै बरिष्ठ प्रबन्धकको रुपमा कार्य गरेका प्रधान २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका थिए ।