युनाइटेड इदी मर्दी नोक्सानीबाट नाफा तर्फ उन्मुख हुदै |
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख हुदै गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४ करोड १४ लाख रुपैयाँ ऋणत्मक रहेको हाइड्रोपावर कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ६० लाख रुपैयाँले धनात्मक भएको छ। विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी बढेकाले कम्पनीको नाफा बढेको देखिन्छ।
यस अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २७.५२ प्रतिशतले बढेर १३ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अन्य स्रोतबाट हुने आम्दानी ३ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ छ। असार मसान्तसम्ममा प्रतिशेयर आम्दानी १० रुपैयाँ ९७ पैसा कायम भएको छ । त्यसैगरी प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात ४३.२९ गुणा छ।