हाउजे एक्सचेञ्ज अफरः १५ हजारसम्मका छुट |
काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ । भदौ २ गते शुरु एक्सचेञ्ज अफर १५ दिनसम्म चल्ने कृष्ण इन्टरनेशनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए ।
एक्सचेञ्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मुल्याङ्कन गरिने तथा नगदमा मोटरसाइकल खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले जानकारी दिए ।
हाउजेको शोरुम काठमाडौं उपत्यकाको कमलपोखरी स्थित कृष्ण पाउरोटी, टेकु, नयाँबजार, चाबहिल र बनेपामा संचालनमा छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ । हाउजेको एनके १५० सीसीको बाइक धेरैको रोजाईमा परेको बताउँदै खत्रीले एक्सचेञ्ज अफरले ग्राहक अझै बढी आकर्षित हुने विश्वास व्यक्त गरे ।
कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ ।