काठमाडौंमा आजदेखि ४० वर्षमाथिकालाई कोरोना खोप |
काठमाडौं । काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि आज शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने छ ।
काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने भएको छ ।
यी हुन् खोप केन्द्रहरु
- सशस्त्र प्रहरी अस्पताल, बलम्बु
- वीरेन्द्र सैनिक अस्पताल, छाउनी
- राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
- नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
- वीर अस्पताल, रत्नपार्क
- निजामति कर्मचारी अस्पताल, वानेश्वर
- परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
- शिक्षण अस्पताल, महाराजगञ्ज
- काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
- अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र
हेर्नुहोस् विज्ञप्ति