सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा |
काठमाडौं । सिविआईएल क्यापिटलको व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा भएको छ ।
क्यापिटल सञ्चालक समितिको भदौ १ गते बसेको बैठक गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सिटिजन्स म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई ४० प्रतिशतका दरले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ (कर सहित) र सिटिजन्स म्युचुअल फण्ड २ ले पनि इकाईधनीहरुलाई ४० प्रतिशतले हुने आउने २२ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।