कामना सेवा विकासका ग्राहकलाई सम्यक डाइग्नोस्टिकमा स्वास्थ परीक्षण गर्दा १५% छुट मिल्ने |

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई सम्यक डाइग्नोस्टिकमा स्वास्थ परीक्षण गराउँदा १५% छुट प्राप्त हुने भएको छ ।
कामना सेवा विकास बैंक र स्वास्थ प्रयोगशाला सम्यक डाइग्नोष्टिक बीच सो छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सुविधा सम्यक डाइग्नोस्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुने कम्पनीले जनाएको छ ।