राष्ट्रिय बिमा कम्पनीको नाफा ४३.५७% ले घट्यो |
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्ष भन्दा ४३.५७% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा गिरावट हुँदा नाफामा प्रतिकुल असर परेको देखिन्छ ।
कम्पनीले कर्जा तथा अन्य लगानीबाट अघिल्लो वर्ष ४९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, यस्तो आम्दानी अहिले ३३ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ । यता, कम्पनीले बिमा कोषको आकार भने ८% ले बढाएर २ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म यसले २२ करोड ६९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस इन्सुरेन्सले २२ करोड ४५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको रिजर्भ कोषमा ३ अर्ब १४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३५ रुपैयाँ १४ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार २८० रुपैयाँ ८१ पैसा छ ।