बेष्ट फाइनान्सको नाफा ६.५४ प्रतिशतले बढ्यो |
काठमाडौं । बेष्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले कुल ८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा ६.५४ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष फाइनान्सले ७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो।
फाइनान्सको नाफा बढेपनि उसको खुद ब्याज आम्दानी भने ३० प्रतिशतले घटेको छ। फाइनान्सको फि कमिशनमार्फत हुने आम्दानी र सञ्चालन आम्दानी समेत घटेको छ। अघिल्लो वर्ष १ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको इम्पेरिमेन्ट चार्ज गत वर्ष ९ करोड ६७ लाख रुपैयाँले ऋणात्मक छ। जसले गर्दा उसको नाफा बढ्न सहयोग पुगेको हो।
हाल ८२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा ४२ करोड रुपैयाँ रहेको छ।
फाइनान्सको निक्षेप संकलन १८ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ७ प्रतिशतले घटेर १ अर्ब ७८ करोड ८२ लाख रुपैयाँमा झरेको छ।
फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँले बढेर १३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ छ।