अपि पावरले बोलायो भदौ २५ मा एजीएम, बोनसपछि हकप्रद निष्कासन मुख्य एजेन्डा |
काठमाडौं । अपि पावर कम्पनीको १८ औं वार्षिक साधारण सभा भदौ २५ गते हुने भएको छ । सभा संस्थाको प्रधान कार्यालय टे«ड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट १०.५% बोनस वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बोनस सेयर कर प्रयोजनको लागि ०.५५% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ ।
यस्तै, बोनस बितरण पश्चात कायम चुक्ता पुँजीबाट ३९% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताप पनि छ । कम्पनीको बोनस र हकप्रद पश्चात चुक्ता पुँजी बृद्धि हुने हुँदा सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि अपिले भदौ १८ देखि २४ गते मंगलबार सम्म बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, भदौ १७ गतेसम्म कायम सेयरधनीले यो बोनस सुरक्षित गर्न सक्नेछन् ।