सनराइज बैंकको नाफा १६.३९ प्रतिशतले बढ्यो |
काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकको नाफा सामान्य सुधार भएको देखिन्छ।
गत असार मसान्तसम्ममा बैंकले एक अर्ब ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३९ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी घटेतापनि सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ३५ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६० करोड १५ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ११.८३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १८.९१ प्रतिशत बढेको छ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६८ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९२ गुणा रहेको छ।