नेपाल इन्सुरेन्सको नफा ३४ करोड ८७ लाख रुपैयाँ |
काठमाडौं । नेपाल इन्सुरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा २६ करोड २२ लाख ५१ हजार रुपैयाँ रहेको खुद नाफा असार मसान्तसम्म ३२.९९% ले वृद्धि गरेको हो ।
यस अवधिमा कम्पनीले ७१ करोड ४२ लाख ७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
यता, लगानी, कर्जा तथा अन्यबाट आम्दानी ७ करोड ८५ लाख ८ हजार रुपैयाँबाट बढेर १२ करोड ७६ लाख ९५ हजार रुपैयाँ पुगेपछि खुद नाफा वृद्धि गर्न मद्दत मिलेको हो ।
नेपाल इन्सुरेन्सको रिजर्भ कोषमा ४२ करोड ६ लाख रुपैयाँ छ भने बिमा कोषमा ७१ करोड ४२ लाख ७ हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४८ पैसाले बढेर २८ रुपैयाँ ७ पैसा पुगेको छ ।