सिभिल बैंकको बैंकको वितरणयोग्य नाफा ४९ करोड ८५ लाख |
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ०.७७% ले धेरै हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ५५ करोड ५० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले वितरणयोग्य नाफा भने ९७.६९% ले बढाएर ४९ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।
यता, बैंकको खुद ब्याज आम्दानी १.०८% र सञ्चालन नाफा ०.७५% ले घटेको छ । असार मसान्तसम्म बैंकले निक्षेप संकलन ५४.११% र कर्जा लगानी ५३.४७% ले बढाउन सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी ७६ पैसाले बढेर ६ रुपैयाँ ४७ पैसा कायम भएको छ । सिभिलको प्रतिसेयर नेटवर्थ १२३.६७ रुपैयाँ छ ।