सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ५५ प्रतिशतले बढ्यो |
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ५५.०३ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमाशुल्क पनि २०.५८ प्रतिशतले बढेर १६ करोड ३४ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १२ करोड ८६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ८५ लाख रुपैयाँ, बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ४९ हजार रुपैयाँ सञ्चित छ।
यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी ८ रुपेयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ६३.५७ गुणा रहेको छ।
यस अवधिमा कम्पनीले ७१ हजार २०३ वटा बीमालेख जारी ६५ करोड १७ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा कम्पनीले २ हजार ९६ वटा दाबीवापत १८ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार ५५२ वटा दाबी बापत २८ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।