बैंक अफ काठमाण्डूको नाफा सामान्य बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंक अफ काठमाण्डूले ५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षमा बैंकले कुल १ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा ५.१५ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशतले घटेको छ तर फि कमिसनमार्फत हुने आम्दानी बढ्दा र इम्पेरिमेन्ट चार्ज घट्दा बैंकको नाफा बढेको हो।
बैंकले समीक्ष अवधिमा पूँजी १३ प्रतिशतले बढाएको छ। पूँजी बढाए अनुसार नाफा बढाउन नसक्दा उसको प्रतिशेयर आम्दानी १७ रुपैयाँबाट घटेर १५ रुपैयाँमा झरेको छ।
बैंकले खराब कर्जामा भने केहि सुधार गरेको छ।