एभरेष्ट इन्सुरेन्सको नाफामा सामान्य सुधार |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट इन्सुरेन्सको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ०.६०% ले बढेर २० करोड ३८ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड २६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बिमा कोषको आकार ३१.३८% ले बढेर ३८ करोड ३३ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क पनि ८.२२% ले बढेर ४३ करोड ६१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा ३८ करोड ३३ लाख ७६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४४ पैसा छ ।