नेप्सेले गर्यो सूचिकृत कम्पनीको वर्गिकरण: ५ बैंक ए वर्गमा, अरु कम्पनी कुन वर्गमा ? |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई ४ समूहमा वर्गीकरण गरेको छ । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा विभिन्न कम्पनीहरुलाई बर्गीकरण गरेको हो ।
ए समूहमा कुल २८ वटा कम्पनी परेका छन् । जसमध्ये २० वाणिज्य बैंक, २ वटा विकास बैंक, एउटा फाइनान्स, एउटा लघुवित्त र ४ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।
ए समूहमा वाणिज्य बैंकहरुमध्ये कृषि विकास बैंक, बैंक अफ काठमाण्डौ, सेन्चुरी कमर्सियल बैंक, सिजिन्स इन्टरनेसनल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र सनराइज बैंक परेका छन् ।
उक्त समूहमा कामना सेवा र शाइन रेसुंगा दुई विकास बैंक परेका छन् । त्यस्तै हाइड्रोपावरमा अपी पावर, बुटवल पावर, सानिमा माई हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् । त्यस्तै, आईसीएफसी फाइनान्स र आरएमडीसी लघुवित्त पनि ए समूहमा नै परेका छन् ।
बी समूहमा भने एक वाणिज्य बैंकसहित विभिन्न फाइनान्स, लघुवित्त र अन्य गरी कुल ११ वटा कम्पनी परेका छन् । जसमा नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, एनएमबि लघुवित्त, आरएसडीसी लघुवित्त, एचआईडीसीएल, ङादी पावर ग्रुप, अरुण भ्याली हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।
साथै जी समूहमा २७ वटा कम्पनी परेका छन् । जसमा ७ वटा लघुवित्त, ५ वटा लगानी र होटेल तथा पर्यटन समूहका कम्पनी, ६ वटा बीमा कम्पनी र ९ वटा जलविद्युत कम्पनी रहेका छन् ।
लघुवित्त कम्पनीहरुमा जीवन विकास लघुवित्त, महिला लघुवित्त, मनकामना लघुवित्त, गणपति लघुवित्त, सबैको लघुवित्त, साधना लघुवित्त र समाज लघुवित्त परेका छन् । त्यस्तै, लगानी, होटल तथा पर्यटन तथा अन्य समूहमा नेपाल इन्फ्रास्ट्रक्चर, नेपाल रिइन्स्योरेन्स कम्पनी, चन्द्रागिरी हिल्स, सिअिडिबी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहको छ ।
बीमा समूमा अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, ज्योती लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स इन्स्योन्स र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।
त्यस्तै हाइड्रोपावरमा ग्रीन लाइफ हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, माउन्टेन इनर्जी, माउन्टेन हाइड्रो नेपाल, रुरु जलविद्युत, शिवश्री हाइड्रोपावर, सिंगटी हाइड्रोपावर र युनाइटेड हाइड्रोपावर रहेका छन् ।
यसैगरी जेड समूहमा १४८ वटा कम्पनी परेका छन् । जसमा ५ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक, २० वटा फाइनान्स, २२ वटा बीमा, ४३ वटा लघुवित्त, २४ वटा जलविद्युत तथा उत्पादन, व्यापार, लगानी, होटेल तथा पर्यटन तथा अन्य समूहका ३० वटा कम्पनी परेका छन् । जेड समूहमा पर्ने वाणिज्य बैंकहरुमा सिभिल, माछापुच्छ्रे, प्रभु, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
नेप्सेले गत साउन १७ गते सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेको थियो । नेप्सेले सोही प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको हो ।
साथै वर्गीकरणमा परेका कम्पनीहरुले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि नेप्सेले आग्रह गरेको छ ।