नेशनल माइक्रोफाइनान्सको नाफा ३०७.६१ प्रतिशतले बढ्यो |
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार छ।
गत असार मसान्तसम्ममा लघुवित्तले ३२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०७.६१ प्रतिशत बढी हो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घट्दा खुद नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३०.३१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३०७.६१ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापत ४ करोड ७२ लाख रुपैयाँ व्यवस्था गरेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५८.७१ प्रतिशत बढेको छ भने जगेडा कोष १६५.६१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १०६.२९ प्रतिशत, निक्षेप ६०.२० प्रतिशत र कर्जा १२२.७१ प्रतिशत बढेको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४७ रुपैयाँ ४७ पैसा बढेर ७७ रुपैयाँ ७३ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.३५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६९ पैसा रहेको छ।